आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
जलसरोकार
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस वर्षको बजेट संरचनामा विकास, पूर्वाधार र वित्तीय सुधारलाई प्राथमिकता दिइएको बताए।
बजेट अनुसार चालु खर्चका लागि १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत (विकास) खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले आगामी वर्ष १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। त्यसैगरी वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
बजेटको बाँकी हिस्सा आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने सरकारको योजना छ।
अर्थमन्त्री वाग्लेले बजेटलाई अर्थतन्त्रको संरचनात्मक सुधार, पूर्वाधार विस्तार, डिजिटल रूपान्तरण र उत्पादनमुखी विकासतर्फ उन्मुख गर्ने नीति अनुसार तयार गरिएको बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै