सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति

जलसरोकार
बुधबार, भदौ १०, २०८३ | १४:४४:१५ बजे

 

काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। बाढीले सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण त्रिशूली नदीमाथि रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुगेको तथा कतिपय स्थानमा सडक नै भत्किएको उनले जानकारी दिए।

बाढीका कारण पुल तथा सडकमा क्षति पुगेपछि विभिन्न स्थानमा यातायात आवागमन प्रभावित भएको छ। सडक तथा पुलको क्षतिले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउनसमेत चुनौती थपिएको छ।

प्रवक्ता न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा आवश्यक मेसिन परिचालन गरी सडक र पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ। अवरुद्ध सडक खुलाउने तथा क्षतिग्रस्त संरचनालाई तत्काल सञ्चालनयोग्य बनाउने प्रयास भइरहेको विभागले जनाएको छ।

भोटेकोशी–त्रिशूली करिडोरमा बाढीले जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि क्षतिको विस्तृत विवरण संकलन गर्ने कामसमेत भइरहेको छ। प्रारम्भिक विवरणभन्दा क्षतिको दायरा अझ बढ्न सक्ने विभागको आकलन छ।

प्रकाशित मिति : बुधबार, भदौ १०, २०८३ | १४:४४:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया