भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति
जलसरोकार
काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। बाढीले सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण त्रिशूली नदीमाथि रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुगेको तथा कतिपय स्थानमा सडक नै भत्किएको उनले जानकारी दिए।
बाढीका कारण पुल तथा सडकमा क्षति पुगेपछि विभिन्न स्थानमा यातायात आवागमन प्रभावित भएको छ। सडक तथा पुलको क्षतिले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री पुर्याउनसमेत चुनौती थपिएको छ।
प्रवक्ता न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा आवश्यक मेसिन परिचालन गरी सडक र पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ। अवरुद्ध सडक खुलाउने तथा क्षतिग्रस्त संरचनालाई तत्काल सञ्चालनयोग्य बनाउने प्रयास भइरहेको विभागले जनाएको छ।
भोटेकोशी–त्रिशूली करिडोरमा बाढीले जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि क्षतिको विस्तृत विवरण संकलन गर्ने कामसमेत भइरहेको छ। प्रारम्भिक विवरणभन्दा क्षतिको दायरा अझ बढ्न सक्ने विभागको आकलन छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर
-
ऊर्जा मन्त्रालयले जलविद्युत्का लाइसेन्स रोक्दा 'खोला व्यापारी' लाई खुदो पल्ट्यो
-
भेरी-बबईको नयाँ कार्यतालिका : २०८५/८६ भित्र सक्ने लक्ष्य, बाँध र विद्युत्गृहको काम अझै बाँकी