हिमपहिरोले फुट्यो वीरेन्द्र ताल, बूढीगण्डकीमा बाढीको चेतावनी
जलसरोकार
काठमाडौँ– हिमपहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ। बिहान करिब ८ः४५ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्। ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। बाढीले नदीआसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपिल गर्दछौं,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने। जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि उनले जानकारी दिए। चुमनुव्री गाउँपालिका अध्यक्ष नीमा लामाले सामागाउँमा रहेको काठेपुल बगाएको बताए।
‘ताल फुटेको जानकारी पाएका छौं। ताल फुटेर सामागाउँको काठेपुल बगाएको जानकारी पाएका छौं। अहिलेसम्म बस्तीमा चाहिँ क्षति पुगेको छैन,’ उनले भने। वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद निष्काशन गर्न स्वीकृति
-
सुन र चाँदीको मूल्य घट्यो,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि चरणबद्ध संरक्षण कार्यक्रम अघि बढाइने
-
बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता
-
म्याग्दीमा एक वर्षमा ५ सयभन्दा बढी घरमा खानेपानी, ९१ हेक्टरमा सिँचाइ