हिमपहिरोले फुट्यो वीरेन्द्र ताल, बूढीगण्डकीमा बाढीको चेतावनी
जलसरोकार
काठमाडौँ– हिमपहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ। बिहान करिब ८ः४५ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्। ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। बाढीले नदीआसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपिल गर्दछौं,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने। जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि उनले जानकारी दिए। चुमनुव्री गाउँपालिका अध्यक्ष नीमा लामाले सामागाउँमा रहेको काठेपुल बगाएको बताए।
‘ताल फुटेको जानकारी पाएका छौं। ताल फुटेर सामागाउँको काठेपुल बगाएको जानकारी पाएका छौं। अहिलेसम्म बस्तीमा चाहिँ क्षति पुगेको छैन,’ उनले भने। वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर