विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
जलसरोकार
झापा : झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा बिहीबार साँझ सशस्त्र प्रहरी जवान सुदिम खत्रीको करेन्ट लागेर मृत्यु भएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय खत्रीलाई गणभित्रको विद्युत् लाइन मर्मत गर्ने क्रममा साँझ करिब ५ बजे करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याइएको थियो। अस्पतालले उपचारका क्रममा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धित प्राविधिक तालिम प्राप्त गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
४८ करोड चुक्ता पुँजीमा आशुतोष इनर्जीले बाँड्ने भयो ९ करोड ९ लाख नगद लाभांश
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना