टोखाले नगरपालिकाभित्रका मुख्य सडकहरुमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता गरेको हो । टोखामा सडकवत्ती जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने छन् । सम्झौताअनुसार टोखा नगरपालिकाले रु दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु एक करोड ५३ लाख ३७ हजार लगानी गर्नेछन् ।
सडकबत्ती जडान गर्न प्रविधिको छनोट, बोलपत्रमार्फत खरिद कार्य सम्पन्न तथा निर्माण कार्यको सुपरिवेक्षणलगायतको कार्य प्राधिकरणले गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामार्फत जडान गरिने सडकबत्ती संरचनाअन्तर्गत बिजुलीको खम्बा, तार, सडकबत्तीलगायतका वितरण प्रणाली प्राधिकरणको स्वामित्वमा हुनेछ ।
नगरपालिकाको स्वामित्वमा रहेका सोलार, सडकबत्ती जडित खम्बामा नयाँ स्मार्ट सडकबत्ती जडान गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नै खर्चमा हटाइदिने, नगरपालिकाले सडकबत्ती उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम कानुन बमोजिम तिर्ने, सडकबत्तीको प्रयोग गरेवापतको रकम मासिक रुपमा प्राधिकरण्लाई भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका साथै प्राधिकरणको तर्फबाट प्राधिकरणका उर्जा दक्षता तथा चुवावट नियन्त्रण विभागका निर्देशक टेकनाथ तिवारी, उपप्रबन्धक प्रमोद रिजाल र महाराजगञ्ज वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले हस्ताक्षर गरे ।
नवीकरणीय ऊर्जासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित
साताको पहिलो दिन सेयर बजारमा १९ अङ्कको वृद्धि
इप्पान प्रतिनिधिमण्डललाई भेट्दै देउवाले भने : 'ऊर्जा उद्यमीलाई दु:ख दिने काम बन्द हुनुपर्छ’
विद्युत् प्राधिकरणलाई लगातार तेस्रोपटक रेटिङमा ‘डबल ए प्लस’
सुरुङमार्फत पर्सा र बारामा पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने
६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाका प्रभावितलाई ८८ करोड बढी मुआब्जा वितरण, राजस्व सङ्कलन ५ करोड