देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
जलसरोकार
काठमाडौं : देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६, सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए।
प्राधिकरणका अनुसार ती घटनाबाट सात परिवार प्रत्यक्ष प्रभावित भएका छन्। पहिरोसम्बन्धी घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन्। विपद्जन्य घटनाबाट करिब एक करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चालु वर्षको वैशाख १ गतेयता देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन्। ती घटनामा परी हालसम्म १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन्।
यस अवधिमा चार हजार ८६९ परिवार विभिन्न विपद्का कारण प्रभावित भएको प्राधिकरणले जनाएको छ। मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
४८ करोड चुक्ता पुँजीमा आशुतोष इनर्जीले बाँड्ने भयो ९ करोड ९ लाख नगद लाभांश
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना