आन्दोलन अन्त्यसँगै नेपाल धितोपत्र बोर्डको कामकारबाही नियमित, ५४ अर्ब बढीको आईपीओ प्रक्रिया अघि बढ्ने
जलसरोकार
काठमाडौं: डेढ महिनाभन्दा बढी समयदेखि कर्मचारी आन्दोलनका कारण ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ ।
अर्थ मन्त्रालयले कर्मचारीको सेवा–सुविधा कटौती हुनेगरी पठाएको पत्रका कारण असन्तुष्ट कर्मचारीहरूले आन्दोलन सुरु गरेका थिए । तर, माग पूरा गर्नेगरी सरकारसँग सहमति भएपछि आन्दोलन स्थगित गरी सबै कर्मचारी आजदेखि नियमित रूपमा काममा फर्किएका छन् ।
नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाका अनुसार सरकारले कर्मचारीको माग सम्बोधन गर्ने सहमति जनाएपछि ‘शंकाको सुविधा’ स्वरूप आन्दोलन रोकिएको हो । उनले भने, “हामीले सरकारले गरेका आश्वासनको प्रतीक्षा गरिरहेका छौं, तर एक साताभित्र माग पूरा नभए पुनः आन्दोलनमा फर्किन सक्ने अवस्था छ ।”
गत आइतबार मन्त्रालय र कर्मचारी प्रतिनिधिबीच भएको छलफलपछि कानुन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने सहमति जुटाइएको थियो । उक्त समितिले कर्मचारीको सेवा सुविधा तथा नियमावलीमा भएको व्यवस्था र अर्थ मन्त्रालयको पत्रको औचित्यबारे अध्ययन गरी आवश्यक सिफारिस गर्नेछ । समितिमा धितोपत्र बोर्डका कर्मचारी संगठनहरूको प्रतिनिधित्व समेत रहनेछ ।
कामकारबाही पुनः सुचारु भएपछि सेयर निष्कासन अनुमति तथा बोर्ड अन्तर्गतका अन्य निकायहरूको रोकिएको कार्य अघि बढ्ने भएको छ । हाल बोर्डमा ७४ वटा कम्पनीका ५४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीका साधारण शेयर (आईपीओ) निष्कासनको प्रतीक्षामा छन् । त्यस्तै, झन्डै ५ अर्ब ७५ करोड बराबरको हकप्रद शेयर र २३ करोड रुपैयाँ बराबरको एफपीओ पनि स्वीकृतिको पर्खाइमा छन् ।
आन्दोलनका क्रममा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै आएका कर्मचारीहरूले अहिले उक्त माग होल्ड गरेका छन् । अध्यक्ष श्रेष्ठले मन्त्रालयको पत्र सच्याउन सहयोग नगरेको भन्दै उनीहरू आक्रोशित भए पनि मन्त्रालयसँग सहमति जुटेपछि राजीनामा मागको विषय स्थगित गरिएको युनियन अध्यक्ष ढुंगानाले बताए ।
उनले भने, “अध्यक्षको कार्यशैलीबारे केही असन्तुष्टि भए पनि अहिलेको प्रमुख विषय अर्थ मन्त्रालयको पत्र सच्याउने हो, त्यसमा सहमति भइसकेकोले हामीले फिलहाल आन्दोलन रोक्ने निर्णय गरेका हौं ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
गृहमन्त्री सुदन गुरुङको प्रष्टिकरण: ‘बिचौलिया भट्टसँग जोडिएको आरोप अनुमानमा आधारित’
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन कुलमान उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग