सेयर बजार परिसूचकमा सामान्य गिरावट
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगबार सामान्य गिरावट देखिएको छ । आज सेयर बजार १.८५ अंक घटेको हो । कारोबारको अन्त्यमा परिसूचक २०१०.२१ मा झरेको छ । आज १०९ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको सेयर मूल्य घटेको छ । बजार सामान्य गिरावट हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ बराबरको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर ४६ हजार २३५ पटकमा खरिद बिक्री भएको छ ।
आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०३, लगानी शून्य दशमलव ०४, जीवन बीमा शून्य दशमलव १९, लघुवित्त एक दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ३० र व्यापार समूह शून्य दशमलव ३२ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडकोसेयर मूल्य नौ दशमलव ९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आठ दशमलव ६४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बण्ड–२०८७ को सेयर मूल्य सात दशमलव ५० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु १४ करोड ९८ लाख ८४ हजार नौ सय एक बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको तीन लाख २० हजार तीन सय ६४ कित्ता सेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित
-
सञ्चालनसँगै काबेलीको आम्दानीमा उछाल, एक वर्षमै २७ करोड ६९ लाख रुपैयाँ नाफा
-
सुपर काबेली सञ्चालनको पहिलो वर्षमै २० प्रतिशत लाभांश, थप जलविद्युत्मा लगानी बढाउँदै हिलटन हाइड्रो
-
सञ्चालन सुरु गरेको ११ महिनामै लाभांश, अब हकप्रदबाट थप जलविद्युत्मा लगानी गर्दै काबेली
-
विद्युत् प्राधिकरणको एकाधिकारबाट प्रतिस्पर्धात्मक बजारतर्फः खुला पहुँच कार्यान्वयनका थप आधार तयार
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी भवनको खोजी जारी, ए-१, ए-२ र डी क्षेत्रमा अझै कुनै संरचना भेटिएन