रोकिएन सेयर बजारको ओरालो यात्रा, परिसूचक २ हजार नजिक
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) बिहीबारको कारोबारमा करिब ३ अकले घटेको छ । साताको अन्तिम कारोबारको दिन बजार परिसूचक २.७३ अंकले घटेको हो । सामान्य अंकले घटेको बजारमा १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घटेको छ ।
बजार घटेपनि मानुषी लघुवित्त तथा मनकामना स्र्माट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यी दुई कम्पनीको सेयर १० प्रतिशतले बढ्दा मानुषी १०९७.८० र मनकामना ९४९ मा उक्लिएको छ । गुँरास लुघवित्त, तारागाउँ होटेल, विन नेपाल लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।
सामान्य अंकले बजार घट्दा फाइनान्स समूह ०.३२, होटेल तथा पर्यटन १.६७ प्रतिशत, माइक्रोफाइनान्स समूह २.३८, निर्जीवन समूह ०.२८ प्रतिशत तथा वित्त समूह ०.११ प्रतिशतले बढ्दा बाँकी समूह घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका १०० दिन: प्राधिकरण पुनर्संरचना, ऊर्जा रणनीति र प्रसारण लाइन विस्तारका काम अघि बढेको दाबी
-
विद्युत् आपूर्तिमा समस्या आए ११५० वा प्रदेश कार्यालयमा सम्पर्क गर्न प्राधिकरणको आग्रह
-
'ब्लू बस' स्वागतयोग्य, तर साझा यातायातको हरित पहिचान नमेट्नुस् : कुलमान घिसिङ
-
आज २२ जिल्लामा भारी वर्षाको सम्भावना, पश्चिम र मधेशका केही क्षेत्रमा सतर्क रहन आग्रह
-
१२६ मेगावाट तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गाको क्षतिपूर्ति निर्धारण
-
नेप्से ८.३० अंकले घट्दा कारोबार बढ्यो, सानिगाड, स्नो रिभर्स र कालंगा हाइड्रोमा सकारात्मक सर्किट