सेयर बजार ९ अंकले बढ्दा ४ अर्ब १४ करोडको कारोबार
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको मंगलबारको कारोबारमा ९ अंकले बढेको छ । सेयर बजार परिसूचक आज ९.१९ अंकले बढेको हो । कारोबारको सुरुवातदेखि नै सकारात्मक रहेको बजार परिसूचक अन्त्यसम्म कायम रह्यो । आज १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ । बजार परिसूचक सामान्य अंकले बढ्दा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जानकी फाइनान्स, नेपाल फाइनान्स तथा पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । इमर्जिङ नेपाल लिमिटेड, प्रभु स्र्माट फण्ड, उन्नती सहकार्य लघुवित्त, दोल्ती पावर कम्पनीको सेयर उच्च कमाउने कम्पनी रहेका छन् ।
आज माइक्रो फाइनान्स समूहको सेयर मूल्य बढी घटेका छन् । विन नेपाल लघुवित्त, महुली लघुवित्त, सबैको लघुवित्त, समता घरेलु लघुवित्तको सेयर उच्च गुमाउने ४ कम्पनी रहेका छन् ।
उच्च कारोबार गर्नेमा सूर्य ज्योति लाइफ इन्स्योरेन्स, गुर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स लगायतका कम्पनी रहेका छन् ।
बजार बढ्दा होटेल एण्ड टुरिजम ०.६८ प्रतिशत, म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ १.४६ प्रतिशत, माइक्रो फाइनान्स १.१४ प्रतिशतले घट्दा बाँकी समूह बढेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीले क्षतिग्रस्त दोभान खोला आयोजनाको पुनर्निर्माणमा जुट्यो टोली
-
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष उत्कृष्ट बैंक पुरस्कारबाट सम्मानित
-
बृहत् लगानी, उत्पादनभन्दा बजारको महत्त्व र व्यापारमा नीतिगत स्पष्टता
-
मौसम पूर्वानुमानलाई सात दिनसम्म विस्तार गर्ने र काठमाडौं उपत्यकामा नयाँ राडार राख्ने लक्ष्य
-
बाढी पूर्वानुमानदेखि हिमताल अनुगमनसम्म : नयाँ जलविज्ञान केन्द्रको योजना, चुनौती र क्षमता
-
भारतमा विद्युत्को औसत मूल्य दोब्बरनजिक, डे-अहेड बजारमा प्रतियुनिट भारु ७.३०