सेयर बजार ९ अंकले बढ्दा ४ अर्ब १४ करोडको कारोबार
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको मंगलबारको कारोबारमा ९ अंकले बढेको छ । सेयर बजार परिसूचक आज ९.१९ अंकले बढेको हो । कारोबारको सुरुवातदेखि नै सकारात्मक रहेको बजार परिसूचक अन्त्यसम्म कायम रह्यो । आज १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ । बजार परिसूचक सामान्य अंकले बढ्दा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जानकी फाइनान्स, नेपाल फाइनान्स तथा पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । इमर्जिङ नेपाल लिमिटेड, प्रभु स्र्माट फण्ड, उन्नती सहकार्य लघुवित्त, दोल्ती पावर कम्पनीको सेयर उच्च कमाउने कम्पनी रहेका छन् ।
आज माइक्रो फाइनान्स समूहको सेयर मूल्य बढी घटेका छन् । विन नेपाल लघुवित्त, महुली लघुवित्त, सबैको लघुवित्त, समता घरेलु लघुवित्तको सेयर उच्च गुमाउने ४ कम्पनी रहेका छन् ।
उच्च कारोबार गर्नेमा सूर्य ज्योति लाइफ इन्स्योरेन्स, गुर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स लगायतका कम्पनी रहेका छन् ।
बजार बढ्दा होटेल एण्ड टुरिजम ०.६८ प्रतिशत, म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ १.४६ प्रतिशत, माइक्रो फाइनान्स १.१४ प्रतिशतले घट्दा बाँकी समूह बढेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न