साताभरको कारोबारमा ३२ अंक घट्यो सेयरबजार
जलसरोकार
काठमाडौं – लगानीकर्ता बजारप्रति आश्वस्त हुन नसक्दा सेयर बजार परिसूचक यस साता ३२.३० अंक घटेको छ । अघिल्लो साता २.४६ प्रतिशत बढेको बजार यस साता १.५३ प्रतिशत घटेको हो ।
गत साताको अन्तिम कारोबार पश्चता २०८० अंकमा रहेको सेयर बजार यस साताको अन्तिक कारोबार पश्चात २०४८ अंकमा झर्यो ।
पाँच दिनको कारोबारमा बजार परिसूचक १ दिनमात्रै सामान्य अंक बढ्न पुग्यो । साताको पहिलो कारोबारको दिन आइतबार १०.६२ अंक घटेको बजार दोस्रो कारोबारमा ३ अंक बढेको थियो । सोमबार सामान्य बढेको बजार सो पश्चातको कारोबारमा पुनः निरन्तर घटेको थियो । मंगलबार ६.२४, बुधबार ३.३४ अंक घटेको बजार बिहीबार १५.३७ अंक घटेर साताको कारोबार बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १.१९ प्रतिशत घट्यो भने फ्लोट इण्डेक्स १.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ प्रतिशत घटेको छ ।
कारोबार रकम
गत साताको तुलनामा यस साता कारोबार रकम केही घटेको छ । साताभरको कारोबारमा १७ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस साता आइतबार ३ अर्ब ३८ करोड, सोमबार २ अर्ब ८८ करोड, मंगलबार ३ अर्ब ६३ करोड, बुधबार ३ अर्ब ४९ करोड र बिहीबार ४ अर्ब ३१ करोडको कारोबार भएको छ । यो साता धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, पिपुल्स पावर क्रमश अगाडि रहे ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ९२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ५४ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.५३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ०.६९ प्रतिशत अर्थात २२ अर्ब रुपैयाँ घटेर ३२ खर्ब ४८ अर्बमा सीमित भएको छ ।
१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ भने विकास बैंकको ०.५७ प्रतिशत बढेको छ । घट्नेतर्फ उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३९ प्रतिशत घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कारोबार रकम घट्दा नेप्सेमा सामान्य सुधार
-
गुनासो सुन्ने होइन, समाधान गर्ने अभ्यासमा ऊर्जा मन्त्रालय
-
सरकारको नीति तथा कार्यक्रम : प्राथमिकता कहाँ?
-
दुई दिनमै सुन तोलामा ८ हजार ५ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
रसुवा बन्दै ‘ऊर्जा राजधानी’, ९ राष्ट्रिय गौरवका आयोजनाबाट ३६५ मेगावाट उत्पादन
-
पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना