साताभरको कारोबारमा ३२ अंक घट्यो सेयरबजार


काठमाडौं – लगानीकर्ता बजारप्रति आश्वस्त हुन नसक्दा सेयर बजार परिसूचक यस साता ३२.३० अंक घटेको छ । अघिल्लो साता २.४६ प्रतिशत बढेको बजार यस साता १.५३ प्रतिशत घटेको हो ।
गत साताको अन्तिम कारोबार पश्चता २०८० अंकमा रहेको सेयर बजार यस साताको अन्तिक कारोबार पश्चात २०४८ अंकमा झर्यो ।
पाँच दिनको कारोबारमा बजार परिसूचक १ दिनमात्रै सामान्य अंक बढ्न पुग्यो । साताको पहिलो कारोबारको दिन आइतबार १०.६२ अंक घटेको बजार दोस्रो कारोबारमा ३ अंक बढेको थियो । सोमबार सामान्य बढेको बजार सो पश्चातको कारोबारमा पुनः निरन्तर घटेको थियो । मंगलबार ६.२४, बुधबार ३.३४ अंक घटेको बजार बिहीबार १५.३७ अंक घटेर साताको कारोबार बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १.१९ प्रतिशत घट्यो भने फ्लोट इण्डेक्स १.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ प्रतिशत घटेको छ ।
कारोबार रकम
गत साताको तुलनामा यस साता कारोबार रकम केही घटेको छ । साताभरको कारोबारमा १७ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस साता आइतबार ३ अर्ब ३८ करोड, सोमबार २ अर्ब ८८ करोड, मंगलबार ३ अर्ब ६३ करोड, बुधबार ३ अर्ब ४९ करोड र बिहीबार ४ अर्ब ३१ करोडको कारोबार भएको छ । यो साता धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, पिपुल्स पावर क्रमश अगाडि रहे ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ९२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ५४ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.५३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ०.६९ प्रतिशत अर्थात २२ अर्ब रुपैयाँ घटेर ३२ खर्ब ४८ अर्बमा सीमित भएको छ ।
१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ भने विकास बैंकको ०.५७ प्रतिशत बढेको छ । घट्नेतर्फ उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३९ प्रतिशत घटेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो