साताभरको कारोबारमा सेयर बजार १३ अंक घढ्यो, कारोबार रकम ८ अर्ब


काठमाडौं–यस साता सेयर बजार परिसूचक झण्डै १३ अंक घट्न पुग्यो । गत साताको कारोबारमा बजार परिसूचक करिब ३२ अंकले घटेको बजार यस साता १२.९३ अंकले घटेको हो । गत साताको अन्तिम कारोबारमा २०४८.५७ अंकमा रहेको बजार मापक परिसूचक यस साता २०३५.६४ मा कायम रह्यो । जम्मा ४ दिन भएको कारोबारमा बजार १३ अंकले घट्न पुगेको हो ।
चार दिन खुलेको बजार २ दिन घट्दा २ दिन बढेको थियो । आइतबार फागु पूर्णिमाका कारण बन्द रहेको बजार सोमबार १७.०१ अंक घटेर बजार बन्द हुन पुग्यो । मंगलबार बजार १०.१४ अंक बढेर बजार बन्द हुन पुग्यो । यस्तै बुधबार बजार परिसूचक पुनः १०.८३ अंक घटेर बन्द रहेको बजार बिहीबार ४.७८ अंक बढेर साताको कारोबार बन्द भयो ।
बजार १३ अंकले घट्दा कारोबार रकम पनि घटेको छ । यस साता करिब ८ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ४ दिनको कारोबारमा ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । गत साताको काराबोरमा १७ अर्ब ७० करोड रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको थियो । साताभरको कारोबारमा २ करोड ६५ लाख कित्ता सेयर ६४ हजार ८७० कित्ता सेयर खरिद बिक्री भएको छ । अघिल्लो साता ५ करोड ३३ लाख कित्ता सेयर खरिद बिक्री भएको थियो ।
यस साता बजार पुँजीकरण २० अर्ब ५१ करोड ७६ लाख रुपैयाँले घटेको छ । साताको अन्तिम कारोबारपछि सेयरबजार पुँजीकरण ३२ खर्ब २७ अर्ब ७५ करोड ९७ लाख रुपैयाँमा कायम छ । अघिल्लो साता ३२ खर्ब ४८ अर्ब २७ करोड ७३ लाख रुपैयाँ थियो ।
समूहगत उपसूचकतर्फ यस साता ४ उपसूचक बढ्दा बाँकी उपसूचक घट्यो । उत्पादनमुलक सर्वाधिक ७.८४ प्रतिशतले बढेको यो साताको बजारमा लघुवित्त सर्वाधिक ३ प्रतिशतले घटेको हो ।
साताभर सर्वोत्तम सिमेन्टको मूल्यमा सर्किट लागेको लाग्यो । सर्वोत्तमको सेयर मूल्य १०८२.७० मा कायम छ । यस्तै पिपुल्स पावरको २५.६०, रिभर फल्स पावरको १९.४२, दोल्ती पावरको १७.४०, हिमालयन हाइड्रोपावरको १४.९१, अपर लोहोरेखोलाको १२.०६, थ्रीस्टार हाइड्रोपावरको ११.०२, बोटलर्स नेपालको १०.१४, सामलिङ्ग पावको ९.०७ प्रतिशत र मेन्छियम हाइड्रोका लगानीकर्ताले ८.९० प्रतिशतका दरले कमाएका छन् ।
यस साता किसान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाउनेमा परे । किसान लघुवित्तका सेयर धनीले यस साता १३.३३ प्रतिशत गुमाए । उन्नति सहकार्य लघुवित्त, डिप्रोक्स लघुवित्त बुद्धभुमि नेपाल हाइड्रोपावर, श्रृजनशिल लघुवित्त, कालिका लघुवित्त, गुराँस लघुवित्त, धौलागिरी लघुवित्त, आत्मनिर्भरको सेयर मूल्य घटेका छन् । सर्वाधिक खरिद बिक्रीतर्फ गोर्खाज फाइनान्सको सर्वाधिक ५९ करोड ८ लाख रुपैयाँ, शिवम् सिमेन्ट ४८ करोड २१ लाख, सोनापुर मिनरल्सको ३५ करोड २२ लाख, सर्वोत्तम सिमेन्टको २६ करोड ३८ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ७१ लाख, जोशी हाइड्रोपावरको २३ करोड ५१ लाख, पिपुल्स पावरको १९ करोड २ लाख, घोराही सिमेन्टको १७ करोड १ लाख, अपर तामाकोशीको १४ करोड ९६ लाख र रिभर फल्स पावरको १३ करोड ५७ लाख रहेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच