सडक बत्तीको पैसा नतिरे लाइन काट्ने प्राधिकरणको चेतावनी
जलसरोकार
काठमाडौं – सडक बत्तीको महशुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत् प्राधिकरणले देशभरका स्थानीय तहले विद्युत् भुक्तानी नगरेको भन्दै लाइन काट्ने चेतावनी दिएको छ । देशभरका स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेर महसुल नतिरेपछि लाइन काट्ने भन्दै शुक्रबार पुनः सूचना निकालेको हो ।
प्राधिकरणले सडक बत्तीको व्यवस्थित उपयोग गर्ने र सोको महसुल भुक्तानी गर्न चैत १६ गते सार्वजनिक सूचना निकालेको थियो । केही स्थानीयले भुक्तानी गरेको भएपनि धेरैले तिरेका छैनन् । महसुल नतिर्ने स्थानीय निकायको सडक बत्ती जुनसुकै बखत काटिने प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरणका अनुसार हाल सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । उक्त महसुल किस्ताबन्दी मार्फत पनि बुझाउन सकिने सुविधा रहेको प्राधिकरणले जनाएको छ । हालसम्म प्रयोग गरिएको सडक बत्तीको बक्यौता महसुल समर्थन गरि आवश्यक भएमा किस्ताबन्दी सुविधा माग गरि भुक्तानी गर्न सकिने प्राधिकरणले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले समेत करिब १ अर्ब ६० करोड रुपैयाँ महसुल तिरेको छैन । प्राधिकरणले महानगरपालिका पटक पटक ताकेता गरेपनि नतिरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणबाट स्वीकृती नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खन्ड (ङ १) बमोजिम गैरकानुनी मानिन्छ । अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले चेतावनी दिएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?