सेयर बजार घट्दा कारोबार साढे छ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ बिन्दुमा कायम भएको छ ।
आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ दशमलव ६१ पुगेको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव शून्य दुई प्रतिशत, होटल तथा पर्यटन शून्य दशमलव १० प्रतिशत, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य दुई प्रतिशत र म्युचुअल फण्ड समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका उपसूचकमा गिरावट आएको छ ।
बैंकिङ समूह शून्य दशमलव २५ प्रतिशत, वित्त शून्य दशमलव ५३ प्रतिशत, जलविद्युत् शून्य दशमलव ११ प्रतिशत, लगानी शून्य दशमलव ४२ प्रतिशत, जीवन बिमा शून्य दशमलव १८ प्रतिशत, लघुवित्त शून्य दशमलव ६६ प्रतिशत, निर्जीवन बिमा शून्य दशमलव १४ प्रतिशत, व्यापार एक दशमलव १६ प्रतिशत र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर