सेयर बजार घट्दा कारोबार साढे छ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ बिन्दुमा कायम भएको छ ।
आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ दशमलव ६१ पुगेको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव शून्य दुई प्रतिशत, होटल तथा पर्यटन शून्य दशमलव १० प्रतिशत, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य दुई प्रतिशत र म्युचुअल फण्ड समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका उपसूचकमा गिरावट आएको छ ।
बैंकिङ समूह शून्य दशमलव २५ प्रतिशत, वित्त शून्य दशमलव ५३ प्रतिशत, जलविद्युत् शून्य दशमलव ११ प्रतिशत, लगानी शून्य दशमलव ४२ प्रतिशत, जीवन बिमा शून्य दशमलव १८ प्रतिशत, लघुवित्त शून्य दशमलव ६६ प्रतिशत, निर्जीवन बिमा शून्य दशमलव १४ प्रतिशत, व्यापार एक दशमलव १६ प्रतिशत र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु