नेप्सेसँगै कारोबार रकम पनि बढ्यो
जलसरोकार
काठमाडौँ — साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सुधारसहित बन्द भएको छ। अघिल्लो दिनको गिरावटलाई तोड्दै बजारमा सामान्य सकारात्मक मनोविज्ञान देखिएको हो।
यस दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इण्डेक्स २.१४ अंकले उकालो लाग्दा फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंकले वृद्धि जनाएका छन्।
कारोबार रकमतर्फ पनि सुधार देखिएको छ। सोमबारको तुलनामा कारोबार रकम बढेर १२ अर्ब ३ करोड रुपैयाँ नाघेको छ। कुल ३४० स्टकको १ लाख ६ हजारभन्दा बढी कारोबारमार्फत ३ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।
यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इन का लगानीकर्ताले उच्च प्रतिफल पाएका छन्। त्यस्तै, शिवश्री हाइड्रोपावर को शेयरमूल्य ८ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहँदा यसको ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनी र नेशनल हाइड्रोपावर कम्पनी क्रमशः उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्।
उपसमूहतर्फ मिश्रित प्रवृत्ति देखिएको छ। १३ उपसमूहमध्ये ६ उपसमूह उकालो लाग्दा ७ उपसमूह ओरालो लागेका छन्। जलविद्युत उपसमूह सबैभन्दा बढी १.५९ प्रतिशतले बढेको छ। बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहमा सामान्य सुधार देखिएको छ भने घटेका समूहहरूको गिरावट पनि न्यून रहेको छ।
समग्रमा, बजारमा देखिएको यो सुधारले लगानीकर्ताको आत्मविश्वास क्रमशः फर्किन थालेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?