हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडौं : हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक ११ गतेदेखि खुला गरेको आईपीओमा आज कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । त्यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख २२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको हो ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको शेयरमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले सञ्चालन गरिरहेका दुई जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनसमेत सुरु भइसकेको छ । कम्पनीको २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत् आयोजनाले २०८२ असोज २५ गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ । उक्त आयोजनाको कुल निर्माण लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी छ ।
यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत् आयोजनाबाट पनि कम्पनीले २०८२ साउन ८ गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको यस आयोजनाको विद्युत् अनुमतिपत्रको अवधि पनि २८ वर्ष बाँकी छ ।
साँगु खोला–१ आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.५६ वर्ष रहेको छ ।
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ३२ अंक घट्दा कारोबार रकम पनि साढे ७ अर्बमुनि
-
धान सिजनमा किसानका खेतसम्म पानी पुर्याउँदै प्रमुख नहर, ८२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा
-
नेशनल सोलारको भुक्तानी विवादमा विद्युत् नियमन आयोगद्वारा प्राधिकरणसँग प्रमाण माग
-
सुन र चाँदीकाे मुल्य बढ्याे, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
-
आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना