सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जलसरोकार
सोमबार, कात्तिक १७, २०८३ | ०९:३३:४७ बजे

 

काठमाडौं : देशका हिमाली र पहाडी भू–भागमा आज आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले सोमबार बिहान ८ बजे जारी गरेको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यही मौसमी प्रणालीका कारण देशका केही स्थानमा बादल लाग्ने तथा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको हो ।

प्रकाशित मिति : सोमबार, कात्तिक १७, २०८३ | ०९:३३:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया