सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन र चाँदीकाे मुल्य बढ्याे, आज कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
सोमबार, कात्तिक १७, २०८३ | ११:०३:४१ बजे

 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले वृद्धि भएको हो ।

मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ७० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो । यससँगै नेपाली बजारमा सुनको मूल्य पुनः २ लाख ७४ हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

प्रकाशित मिति : सोमबार, कात्तिक १७, २०८३ | ११:०३:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया