बुधबार सेयर बजार १२.१७ अंकले बढ्यो, कारोबार रकम घट्दै ४ अर्ब ६८ करोडमा सीमित
जलसरोकार
काठमाडौं: बुधबार सेयर बजार १२.१७ अंकले बढ्दै नेप्से परिसूचक २६०७ अंकमा पुगेको छ ।
कारोबारको अधिकांश समय नेप्से रातो रहे पनि दिउँसो २ बजेपछि बजारमा सुधार देखियो। सूचक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड रुपैयाँमै सीमित भयो ।
आज १४९ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहका सूचकहरूमा वृद्धि देखिएको छ ।
सबैभन्दा बढी फाइनान्स समूह ३.४१ प्रतिशतले बढ्यो। त्यस्तै बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ र व्यापार समूह ०.४२ प्रतिशतले बढे ।
होटल तथा पर्यटन समूह भने ०.४५ प्रतिशतले घटेको छ ।
कम्पनीगत रूपमा माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तका सेयर मूल्य १० प्रतिशतले बढे। नेपाल फाइनान्सको मूल्य ८.७६, सम्पदा लघुवित्तको ६.०६ र माहुली लघुवित्तको ५.१५ प्रतिशतले वृद्धि भयो ।
त्यस्तै, फस्र्ट माइक्रोफाइनान्सको मूल्य ७.४८ प्रतिशतले घट्दै सबैभन्दा ठूलो ह्रासमा प¥यो। अभियान लघुवित्त ४.६७ र विन्ध्यबासिनी हाइड्रोपावर ४.०८ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित