सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
जलसरोकार
काठमाडौं: बुधबार सेयर बजार ७.८६ अंकले घटेर नेप्से परिसूचक २६०६ अंकमा झरेको छ । आज कुल कारोबार रकम पनि केही कम हुँदै ३ अर्ब ७३ करोड रुपैयाँमा सीमित भयो। अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएको थियो ।
आज ७९ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको घट्यो भने ९ कम्पनी स्थिर रहे। सबै समूहगत सूचकहरूमा गिरावट देखियो, यद्यपि सबैको गिरावट दर १ प्रतिशतभित्र नै सीमित रह्यो। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य तथा व्यापार समूह सबैमा सामान्य गिरावट आएको छ।
तीन कम्पनी—स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल—को मूल्य १० प्रतिशतले बढ्यो। एसवाई प्यानल आजैदेखि बजारमा कारोबारमा आएको हो। लक्ष्मी लघुवित्त ८.७६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावर ७.१४ प्रतिशतले उकालो लागे।
झापा इनर्जी ९.३० प्रतिशतले घट्दै सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी बन्न पुग्यो। हिमस्टार ऊर्जा, सुपर मादी हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य पनि ४ प्रतिशतभन्दा बढीले घट्यो।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स परेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ठूला सिँचाइ आयोजनाको प्रगति मिश्रित, बबईमा ७९ प्रतिशत काम सम्पन्न, महाकालीमा २८ प्रतिशत मात्रै
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल
-
आर्थिक सुधारको संकेत, तर उत्पादन क्षेत्र अझै दबाबमा
-
बैंकिङ क्षेत्रमा जोखिम बढ्दो, खराब कर्जा २२ प्रतिशतले उकालो : राष्ट्र बैंक प्रतिवेदन
-
इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पदमा उम्मेदवारी दिन पाउने व्यवस्था
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?