साताको पहिलो दिन सेयर बजार १०.२५ अंकले घट्यो
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२५ अंकले घटेको छ। ०.३७ प्रतिशत गिरावटसहित बजार २६९८.४४ बिन्दुमा झरेको हो ।
आज ‘अन्य’ र लगानी उपसूचक बाहेक सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै २.१३ प्रतिशतले होटल तथा पर्यटन उपसूचक घट्दा यस क्षेत्रका लगानीकर्ताले बढी नोक्सानी बेहोरेका छन् ।
आइतबार कुल ३३० धितोपत्रको १ लाख ११ हजार ९७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार रकम रु ११ अर्ब ६५ करोड ९७ लाख पुगेको छ ।
आज सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सबैभन्दा धेरै कमाउने कम्पनी बनेको छ । त्यस्तै रिडी पावर कम्पनी, खानीखोला हाइड्रो र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले पनि उल्लेख्य लाभ कमाएका छन्।
यता कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ । साथै कर्पोरेट विकास बैंक र नारायणी विकास बैंकको सेयर मूल्य पनि उल्लेख्य रूपमा घटेको छ ।
कारोबार रकमका आधारमा आज सुपर मादी हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित