सेयर बजार लगातार ओरालो, कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौं : सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घट्दै २५८१ बिन्दुमा झरेको छ । कारोबार सुरु भएदेखि अन्त्यसम्म बजार ओरालो लाग्दै अधिकांश समय रातो देखिएको थियो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भयो ।
आजको कारोबारमा ५४ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । व्यापार समूहबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार समूह ०.५७ प्रतिशत घटेको छ ।
समूहगत रूपमा जीवन बीमा १.०१ प्रतिशत, होटल तथा पर्यटन १.२६ प्रतिशत, बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ र अन्य समूह ०.६९ प्रतिशतले घटे ।
व्यक्तिगत कम्पनीतर्फ एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सीवाईसी लघुवित्त ५.९० प्रतिशत, पियोर इनर्जी ५.८७ प्रतिशत र हिमालयन पावर पार्टनर ३.५२ प्रतिशतले बढे ।
घट्ने कम्पनीतर्फ मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशतले घट्यो । लक्ष्मी लघुवित्त ५.५८, स्वस्तिक लघुवित्त ५.५१ र तेह्रथुम पावर ५.२० प्रतिशतले ओरालो लागे ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर