सेयर बजार लगातार ओरालो, कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौं : सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घट्दै २५८१ बिन्दुमा झरेको छ । कारोबार सुरु भएदेखि अन्त्यसम्म बजार ओरालो लाग्दै अधिकांश समय रातो देखिएको थियो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भयो ।
आजको कारोबारमा ५४ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । व्यापार समूहबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार समूह ०.५७ प्रतिशत घटेको छ ।
समूहगत रूपमा जीवन बीमा १.०१ प्रतिशत, होटल तथा पर्यटन १.२६ प्रतिशत, बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ र अन्य समूह ०.६९ प्रतिशतले घटे ।
व्यक्तिगत कम्पनीतर्फ एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सीवाईसी लघुवित्त ५.९० प्रतिशत, पियोर इनर्जी ५.८७ प्रतिशत र हिमालयन पावर पार्टनर ३.५२ प्रतिशतले बढे ।
घट्ने कम्पनीतर्फ मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशतले घट्यो । लक्ष्मी लघुवित्त ५.५८, स्वस्तिक लघुवित्त ५.५१ र तेह्रथुम पावर ५.२० प्रतिशतले ओरालो लागे ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार