बुधबार सेयर बजार ५.३८ अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा बन्द
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार देखिएको करेक्सनको क्रम बुधबार रोकिएको छ । मंगलबार ४२.५८ अंकले घटेको नेप्से बुधबार भने ५.३८ अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा बन्द भएको हो ।
सोमबार र मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार मंगलबार घटेर करिब १४ अर्बमा सीमित भएको थियो । बुधबार भने कुल कारोबार रकम ११ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ ।
यद्यपि पछिल्ला दिनमा नेप्सेमा लगातार १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइरहेकाले बजारमा चुनावी उत्साह अझै कायम रहेको संकेत मिल्छ ।
बुधबार नेप्सेमा कारोबार भएका ३ सय ३४ कम्पनीमध्ये १ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १२ कम्पनीको घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
समूहगत उपसूचकतर्फ फाइनान्स समूह १.२४ प्रतिशतले बढ्दा जलविद्युत् समूह ०.९९ प्रतिशतले उकालो लागेको छ । इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले ओरालो लाग्दा माइक्रोफाइनान्स समूह ०.१४ प्रतिशतले घटेको छ ।
व्यक्तिगत सेयरतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता गुडविल फाइनान्स डिबेन्चर–२०८३ को मूल्य सबैभन्दा धेरै करिब ८ प्रतिशतले घटेको छ ।
बुधबार नेप्सेमा कुल २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर