बुधबार सेयर बजार ५.३८ अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा बन्द
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार देखिएको करेक्सनको क्रम बुधबार रोकिएको छ । मंगलबार ४२.५८ अंकले घटेको नेप्से बुधबार भने ५.३८ अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा बन्द भएको हो ।
सोमबार र मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार मंगलबार घटेर करिब १४ अर्बमा सीमित भएको थियो । बुधबार भने कुल कारोबार रकम ११ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ ।
यद्यपि पछिल्ला दिनमा नेप्सेमा लगातार १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइरहेकाले बजारमा चुनावी उत्साह अझै कायम रहेको संकेत मिल्छ ।
बुधबार नेप्सेमा कारोबार भएका ३ सय ३४ कम्पनीमध्ये १ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १२ कम्पनीको घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
समूहगत उपसूचकतर्फ फाइनान्स समूह १.२४ प्रतिशतले बढ्दा जलविद्युत् समूह ०.९९ प्रतिशतले उकालो लागेको छ । इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले ओरालो लाग्दा माइक्रोफाइनान्स समूह ०.१४ प्रतिशतले घटेको छ ।
व्यक्तिगत सेयरतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता गुडविल फाइनान्स डिबेन्चर–२०८३ को मूल्य सबैभन्दा धेरै करिब ८ प्रतिशतले घटेको छ ।
बुधबार नेप्सेमा कुल २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित