सयर बजार एक वर्षकै न्यून बिन्दुमा, २४८७ अंकमा झर्यो कारोबार
जलसरोकार
काठमाडौं: बिहीबार नेपालको सेयर बजारमा फेरि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १८.४० अंकले घटेर २४८७ अंकमा झरेको हो। यो स्तर गत वर्ष असोज १३ यताकै न्यून बिन्दु मानिएको छ ।
लगातार केही दिनदेखि बजार ओरालो लागेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको र ९ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
यद्यपि, कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन ३ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ ।
क्षेत्रगत सूचकमा हेर्दा बैंकिङ समूह ०.०२ प्रतिशतले मात्र वृद्धि भएको छ भने बाँकी सबै समूह घटेका छन् ।
त्यसअनुसार, विकास बैंक समूह १.१५ प्रतिशत, फाइनान्स १.२८ प्रतिशत, जलविद्युत १.०३ प्रतिशत, लगानी ०.४९ प्रतिशत, जीवन बीमा ०.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत, माइक्रोफाइनान्स ०.७३ प्रतिशत, निर्जीवन बीमा ०.५३ प्रतिशत, अन्य समूह २.२१ प्रतिशत र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै कालिका लघुवित्त ५.६९ प्रतिशत, इनिफिनिटी लघुवित्त ३.८९ प्रतिशत, र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स ३.७९ प्रतिशतले बढेका छन् ।
विपरीत, समाज लघुवित्तको मूल्य १० प्रतिशत, युनिक नेपाल लघुवित्तको ७.३३ प्रतिशत, समता घरेलु लघुवित्तको ६.२५ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावरको ४.८७ प्रतिशत र नेपाल पुनर्बीमाको ४.२१ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।
विश्लेषकका अनुसार, हालको बजारमा तरलता समस्या, उच्च ब्याजदर र राजनीतिक अनिश्चितताले लगानीकर्ताको विश्वास कमजोर बनाएको छ, जसले बजारमा निरन्तर दबाब बढाइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित