आइतबारसम्मका लागि सेयर बजार बन्द हुने
जलसरोकार
काठमाडौँ: यो साताका बाँकी दुई दिन सेयर बजार बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै बुधबार र बिहीबार कारोबार बन्द रहने जनाएको हो ।
विषम परिस्थितिका कारण धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ बमोजिम बजार बन्द गरिएको नेप्सेले जनाएको छ । सो नियमावलीअनुसार प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणाली अस्थायी रूपमा स्थगन गर्न सक्ने व्यवस्था छ ।
नेप्सेका अनुसार परिस्थिति सामान्य भएमा अब आइतबारदेखि मात्र कारोबार सुरु हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित