आइतबार सेयर बजारमा उछाल, ६ अर्ब २८ करोडको कारोबार
जलसरोकार
काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । नेप्से परिसूचक ३९.९२ अंकले उकालो लाग्दै २६०० अंकमा पुगेको हो । कारोबार सुरु भएपछि नै बजार हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनी घटे र २ कम्पनी स्थिर रहे ।
यसदिन कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेर ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँ थियो । लगानी तथा जीवन बीमा समूह २ प्रतिशतभन्दा बढीले बढेका छन् ।
लगभग सबै समूहमा सुधार देखियो—बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार समूह ०.२५ प्रतिशतले बढे ।
सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीका सेयर १० प्रतिशतले उछाले। स्वस्तिक लघुवित्त ८.१९, छ्याङ्दी हाइड्रोपावर ६.२९, जोशी हाइड्रोपावर ५.९३ र समता घरेलु लघुवित्त ४.९७ प्रतिशतले बढे ।
उता पिपुल्स हाइड्रोपावर ७.६५ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा प¥यो। मोदी इनर्जी ४.४९, सप्तकोशी विकास बैंक ४.४७ र सिन्धु विकास बैंक ४.१८ प्रतिशतले क्रमशः घटे।
धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, राधि विद्युत्, नेपाल पुनर्बीमा र शिवम् सिमेन्ट अग्रस्थानमा रहे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर