आइतबार सेयर बजारमा उछाल, ६ अर्ब २८ करोडको कारोबार
जलसरोकार
काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । नेप्से परिसूचक ३९.९२ अंकले उकालो लाग्दै २६०० अंकमा पुगेको हो । कारोबार सुरु भएपछि नै बजार हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनी घटे र २ कम्पनी स्थिर रहे ।
यसदिन कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेर ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँ थियो । लगानी तथा जीवन बीमा समूह २ प्रतिशतभन्दा बढीले बढेका छन् ।
लगभग सबै समूहमा सुधार देखियो—बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार समूह ०.२५ प्रतिशतले बढे ।
सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीका सेयर १० प्रतिशतले उछाले। स्वस्तिक लघुवित्त ८.१९, छ्याङ्दी हाइड्रोपावर ६.२९, जोशी हाइड्रोपावर ५.९३ र समता घरेलु लघुवित्त ४.९७ प्रतिशतले बढे ।
उता पिपुल्स हाइड्रोपावर ७.६५ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा प¥यो। मोदी इनर्जी ४.४९, सप्तकोशी विकास बैंक ४.४७ र सिन्धु विकास बैंक ४.१८ प्रतिशतले क्रमशः घटे।
धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, राधि विद्युत्, नेपाल पुनर्बीमा र शिवम् सिमेन्ट अग्रस्थानमा रहे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित