तीन दिनपछि सेयर बजार उकालो, सोमबार १७९ कम्पनीको मूल्य बढ्दा ७१ कम्पनीको घट्यो
जलसरोकार
काठमाडौं: लगातार तीन दिन ओरालो लागेको सेयर बजार सोमबार सुधारिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.३० अंकले बढ्दै २७६१ विन्दुमा पुगेको हो । कारोबारका क्रममा दिउँसो २ः३० बजे नेप्से २७६४ विन्दुसम्म पुगेको थियो, जुन आजकै उच्च विन्दु हो ।
तर बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ७५ करोड रुपैयाँमै सीमित रह्यो । यस दिन १७९ कम्पनीको मूल्य बढ्दा ७१ कम्पनीको घट्यो ।
अधिकांश समूहका सूचक उकालो लागे। अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो। नेपाल पुनर्बीमा र हिमालयन रिकोको मूल्यमा भएको उल्लेखनीय वृद्धिले समूहलाई माथि पु¥याएको हो । त्यस्तै बैंकिङ ०.५८, विकास बैंक ०.९५, माइक्रोफाइनान्स १.५०, जीवन बीमा ०.५६, हाइड्रोपावर ०.३२, होटल तथा पर्यटन ०.४५, लगानी ०.३४, निर्जीवन बीमा ०.३१, फाइनान्स ०.२० र व्यापार समूह ०.०५ प्रतिशतले बढे। उत्पादन तथा प्रशोधन समूह भने ०.०५ प्रतिशतले घट्यो।
दुई कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। तीमध्ये नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर रहेका छन् । त्यस्तै साना किसान विकास बैंक ५.२६, नेपाल पुनर्बीमा ५.१०, माहुली लघुवित्त ४.४८, उन्नति सहकार्य लघुवित्त र मिथिला लघुवित्त दुवै ४.२५ तथा हिमालयन रिइन्स्योरेन्स ३.३६ प्रतिशतले बढे ।
सिक्लेस हाइड्रोपावर सबैभन्दा धेरै ३.५४ प्रतिशतले घट्यो । त्यसपछि सीवाईसी लघुवित्त ३.५० र खानीखोला हाइड्रोपावर २.६३ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा धेरै कारोबार भएका शीर्ष पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, राधि विद्युत् र छिमेक लघुवित्त परेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित