सेयर बजारमा भारी गिरावट, सबै समूह घटे
जलसरोकार
काठमाडौं: सेयर बजारमा आज ७८ दशमलव ८३ अंकले घटेर २,५०३ दशमलव ३५ बिन्दुमा पुगेको छ । यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो ।
आज ३२४ कम्पनीका एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बजारमा आज २४२ कम्पनीका शेयर मूल्य घटेका छन् भने नौ कम्पनीका मात्रै बढेका छन् ।
आज सबै समूहका उपसूचकहरूमा गिरावट देखिएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ प्रतिशतले घटेको छ भने अन्य समूह चार दशमलव ७९ प्रतिशतले ओरालो लागेको छ ।
त्यस्तै, बैंकिङ दुई दशमलव ३०, विकास बैंक दुई दशमलव ९३, वित्त तीन दशमलव ६७, जलविद्युत् तीन दशमलव ९७, लगानी तीन दशमलव १३ र जीवन बीमा समूह दुई दशमलव ५५ प्रतिशतले घटेका छन् ।
उत्पादन तथा प्रशोधन समूह एक दशमलव ९४, लघुवित्त दुई दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ९९, निर्जीवन बीमा दुई दशमलव ३२ र व्यापार समूह दुई दशमलव ८५ प्रतिशतले घटेका छन् ।
कम्पनीगत रूपमा हेर्दा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी, छ दशमलव शून्य एक प्रतिशतले बढेको छ ।
त्यसैगरी, बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नौ दशमलव २७ प्रतिशतको गिरावट आएको छ, जुन आजको सबैभन्दा बढी घट्ने कम्पनी हो ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ, जसको रू ३८ करोड सात लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने युनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ, जसको सात लाख २६ हजार ६७३ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ठूला सिँचाइ आयोजनाको प्रगति मिश्रित, बबईमा ७९ प्रतिशत काम सम्पन्न, महाकालीमा २८ प्रतिशत मात्रै
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल
-
आर्थिक सुधारको संकेत, तर उत्पादन क्षेत्र अझै दबाबमा
-
बैंकिङ क्षेत्रमा जोखिम बढ्दो, खराब कर्जा २२ प्रतिशतले उकालो : राष्ट्र बैंक प्रतिवेदन
-
इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पदमा उम्मेदवारी दिन पाउने व्यवस्था
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?