सेयर बजार सामान्य सुधार, नेप्से ५.७० अंकले बढ्यो
जलसरोकार
काठमाडौँ: बुधबार सेयर बजार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ५.७० अंकले बढेर २ हजार ६२५ अंकमा कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकमसमेत बढेको छ ।
मंगलबार ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ४ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत रूपमा फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशतले बढेका छन् ।
यद्यपि व्यापार समूह ०.२७, निर्जीवन बीमा ०.३६ तथा होटल तथा पर्यटन समूह ०.३७ प्रतिशतले घटेका छन् ।
यस दिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको हो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको ८.७७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ५.३३ प्रतिशत र माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
उता, बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् शीर्ष पाँच कम्पनीमा परेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर