सेयर बजार सामान्य सुधार, नेप्से ५.७० अंकले बढ्यो
जलसरोकार
काठमाडौँ: बुधबार सेयर बजार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ५.७० अंकले बढेर २ हजार ६२५ अंकमा कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकमसमेत बढेको छ ।
मंगलबार ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ४ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत रूपमा फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशतले बढेका छन् ।
यद्यपि व्यापार समूह ०.२७, निर्जीवन बीमा ०.३६ तथा होटल तथा पर्यटन समूह ०.३७ प्रतिशतले घटेका छन् ।
यस दिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको हो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको ८.७७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ५.३३ प्रतिशत र माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
उता, बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् शीर्ष पाँच कम्पनीमा परेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित