सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
जलसरोकार
काठमाडौं: सोमबार सेयर बजारमा सुधार आएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढ्दै २५४७ अंकमा पुगेको हो ।
दिनभर उतारचढावपछि बजार साढे १२ बजेपछि वृद्धि तर्फ लागेको थियो। समग्र बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ९७ करोड रुपैयाँमा सीमित रह्यो ।
२ सय कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको घट्यो भने ८ कम्पनी स्थिर रहे। अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशतले बढेको छ। हाइड्रोपावर, होटल, लगानी, बीमा र बैंकिङ समूहमा पनि सुधार देखिएको छ ।
नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित