तीन दिनपछि सेयर बजारमा सुधार, नेप्से ३ अंकले उक्लियो
जलसरोकार
काठमाडौँ: लगातार तीन कारोबार दिनसम्म ओरालो लागेको सेयर बजार मंगलबार सुधार भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बढ्दै २५६५ अंकमा अडिएको हो ।
सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म नेप्से ओरालो लागे पनि त्यसपछि पुनः उक्लिँदै सकारात्मक बन्द भएको हो । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घट्यो र १० कम्पनीको स्थिर रह्यो ।
आजको कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोड रुपैयाँमै सीमित रह्यो ।
समूहगत सूचकमा मिश्रित अवस्था देखिएको छ। बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० र व्यापार समूह ०.६९ प्रतिशतले बढे ।
त्यसैगरी अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ र विकास बैंक समूह ०.४७ प्रतिशतले घटे ।
चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ — बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावर । त्यस्तै दरामखोला हाइड्रोपावरको मूल्य ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ र स्वस्तिक लघुवित्तको ४ प्रतिशतले बढेको छ।
आज सिटी होटलको सेयर मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशतले घटेको छ।
अधिक कारोबार भएका कम्पनीहरूमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर