तीन दिनपछि सेयर बजारमा सुधार, नेप्से ३ अंकले उक्लियो
जलसरोकार
काठमाडौँ: लगातार तीन कारोबार दिनसम्म ओरालो लागेको सेयर बजार मंगलबार सुधार भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बढ्दै २५६५ अंकमा अडिएको हो ।
सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म नेप्से ओरालो लागे पनि त्यसपछि पुनः उक्लिँदै सकारात्मक बन्द भएको हो । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घट्यो र १० कम्पनीको स्थिर रह्यो ।
आजको कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोड रुपैयाँमै सीमित रह्यो ।
समूहगत सूचकमा मिश्रित अवस्था देखिएको छ। बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० र व्यापार समूह ०.६९ प्रतिशतले बढे ।
त्यसैगरी अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ र विकास बैंक समूह ०.४७ प्रतिशतले घटे ।
चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ — बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावर । त्यस्तै दरामखोला हाइड्रोपावरको मूल्य ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ र स्वस्तिक लघुवित्तको ४ प्रतिशतले बढेको छ।
आज सिटी होटलको सेयर मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशतले घटेको छ।
अधिक कारोबार भएका कम्पनीहरूमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित