साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो सेयर बजार
जलसरोकार
काठमाडौँ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १९.८५ अङ्कले घटेर दुई हजार ६९४.२० बिन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८.४५ पुगेको छ ।
आज व्यापार समूहको उपसूचक ०.५५ प्रतिशतले बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ समूह ०.४२ प्रतिशत, विकास बैंक ०.७५ प्रतिशत, वित्त ०.४४ प्रतिशत, होटल तथा पर्यटन १.७५ प्रतिशत, जलविद्युत् १.३६ प्रतिशत र लगानी समूह ०.९६ प्रतिशतले घटेका छन् ।
त्यस्तै, जीवन बिमा ०.५२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७६ प्रतिशत, लघुवित्त ०.५७ प्रतिशत, म्युचुअल फण्ड ०.५० प्रतिशत, निर्जीवन बिमा ०.६३ प्रतिशत र अन्य समूह ०.९२ प्रतिशतले ओरालो लागेको छ।
आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ५५ करोड ५२ लाख ४० हजार ७६१ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित