सामान्य अंकले घट्याे सेयर बजार
जलसरोकार
काठमाडौँ : नेप्से परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ। लगातार तेस्रो कारोबार दिन पनि गिरावटको क्रम जारी राख्दै नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेका छन् भने फ्लोट इण्डेक्स स्थिर रहेको छ।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४२ वटा कम्पनीका १ लाख २१ हजार ४३३ पटकको कारोबारमा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँ बराबरका १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्ट का शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै झापा इनर्जी को शेयर मूल्य १४ प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्था को ९ प्रतिशतले वृद्धि भएको छ।
विपरीततर्फ होटल फरेष्ट इन को शेयर मूल्य सर्वाधिक १०.७५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्स को साढे ३२ करोड र सोलु हाइड्रोपावर को साढे ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहमा सामान्य सुधार देखिएको छ भने होटल तथा पर्यटन उपसमूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ। साथै व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम : अध्यक्ष कार्की
-
आयोजना बैंक बाहिरका आयोजना बजेटमा नसमेट्न आयोगको आग्रह
-
सामान्य अंकले घट्याे सेयर बजार
-
नौ महिनामा करिब ३ अर्ब ९८ करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा कम
-
गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा
-
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब तान्दै