साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
जलसरोकार
काठमाडौं: साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । बजार बन्द हुनेबेला परिसूचक ९.७० अंकले घट्दै २७६७.२० विन्दुमा झरेको हो ।
आज कारोबार रकममा समेत कमी आएको छ । कुल १ करोड ५२ लाख कित्ता सेयर किनबेच भई ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सहभागी कम्पनीमध्ये ५९ वटाको मूल्य बढ्दा १८८ वटाको मूल्य घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो ।
कम्पनीगत रुपमा हेर्दा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ उठाए। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३२१.३० रुपैयाँमा पुगेको हो। त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य पनि ७.४२ प्रतिशतले बढ्यो ।
तर, पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा ठूलो घाटा बेहोरे। कम्पनीको सेयर मूल्य ९.०३ प्रतिशतले घट्दै ४०८.६८ रुपैयाँमा झ¥यो ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो। यसको कारोबार २५ करोड ९ लाख रुपैयाँ बराबरको भयो । त्यसपछि हिमालयन रिइन्स्योरेन्सले २१ करोड ७६ लाख र चन्द्रागिरि हिल्सले १९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत जलस्रोत सचिवस्तरीय बैठक भदौ १६ देखि काठमाडौंमा
-
थापाथली आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो, अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
जलविद्युत् विकासमा निजी क्षेत्र : विकल्प होइन, अपरिहार्य साझेदार
-
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
-
जापान–नेपाल विकास सहकार्य थप मजबुत, ४१० मिलियन येन अनुदान सम्झौता
-
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच भेट, ऊर्जा पूर्वाधार र जलविद्युत् सहकार्यबारे छलफल