सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सेयर बजारमा गिरावट, नेप्से ३३ अंकले घट्यो

जलसरोकार
बिहीबार, वैशाख ०३, २०८३ | १६:४१:३६ बजे

 

काठमाडौं : बिहीबार सेयर बजारका सबै सूचक घटेका छन्। लगातारको वृद्धिपछि बजारमा आएको करेक्सनका कारण नेप्से परिसूचकमा उल्लेख्य गिरावट देखिएको हो।

यस दिन नेप्से परिसूचक ३३.८३ अंक (१.१८ प्रतिशत) घटेर २८३३ बिन्दुमा झरेको छ। अघिल्लो दिन भने नेप्से ३३.२७ अंकले बढेको थियो।

कारोबार रकममा पनि कमी आएको छ। बुधबार १० अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ९ अर्ब ३१ करोड रुपैयाँमा सीमित भयो।

बजारमा ३१ कम्पनीको शेयर मूल्य बढ्दा २३६ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहका सूचक घटेका छन्, जसमा फाइनान्स समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ।

त्यसैगरी बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार समूह १.०१ प्रतिशतले घटेका छन्।

यद्यपि बजारमा केही कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि पनि देखिएको छ। पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको मूल्य १० प्रतिशतले बढेको छ।

विपरीततर्फ, सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशतले घटेको छ। भूगोल इनर्जी ७.७९, भुजुङ हाइड्रोपावर ७.३९ र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ४.६५ प्रतिशतले घटेका छन्।

यस दिन रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावरमा सबैभन्दा बढी कारोबार भएको छ।

लगातारको उतारचढावबीच बजारमा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : बिहीबार, वैशाख ०३, २०८३ | १६:४१:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया