असोज २ गतेसम्म लम्बियो सेयर बजार बन्द
जलसरोकार
काठमाडौँ: सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सार्वजनिक सूचना जारी गर्दै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड ‘घ’ बमोजिम बजार ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको जनाएको हो।
नेप्सेले मंगलबारदेखि बिहीबारसम्म तीन दिन कारोबार स्थगित गरिसकेको थियो। अब थप एक दिन बन्द गर्दै असोज २ गतेसम्म बजार नखुल्ने भएको हो। सो ऐनअनुसार विशेष परिस्थितिमा बोर्डले बढीमा पाँच दिनसम्म बजार बन्द गर्न सक्ने व्यवस्था छ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा पनि प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा नियन्त्रणबाहिरको परिस्थिति उत्पन्न भएमा कारोबार स्थगन गर्न सकिने उल्लेख छ।
हाल देश नेतृत्वविहीन बनेको र युवा पुस्ताको विरोध प्रदर्शनका कारण सिर्जित संकटपछि बजार खोल्ने वा नखोल्ने विषयमा लगानीकर्तामाझ दुई धार देखा परेको छ।
एक पक्षका लगानीकर्ताले बजार खोल्दा थप घट्ने र नकारात्मक प्रभाव बढ्ने भन्दै बन्द लम्ब्याउनुपर्ने बताएका छन् भने अर्काे पक्षले सम्पत्ति बन्धक बनेर बस्न नमिल्ने भन्दै तत्काल बजार खोल्नुपर्ने माग गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर