असोज २ गतेसम्म लम्बियो सेयर बजार बन्द
जलसरोकार
काठमाडौँ: सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सार्वजनिक सूचना जारी गर्दै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड ‘घ’ बमोजिम बजार ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको जनाएको हो।
नेप्सेले मंगलबारदेखि बिहीबारसम्म तीन दिन कारोबार स्थगित गरिसकेको थियो। अब थप एक दिन बन्द गर्दै असोज २ गतेसम्म बजार नखुल्ने भएको हो। सो ऐनअनुसार विशेष परिस्थितिमा बोर्डले बढीमा पाँच दिनसम्म बजार बन्द गर्न सक्ने व्यवस्था छ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा पनि प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा नियन्त्रणबाहिरको परिस्थिति उत्पन्न भएमा कारोबार स्थगन गर्न सकिने उल्लेख छ।
हाल देश नेतृत्वविहीन बनेको र युवा पुस्ताको विरोध प्रदर्शनका कारण सिर्जित संकटपछि बजार खोल्ने वा नखोल्ने विषयमा लगानीकर्तामाझ दुई धार देखा परेको छ।
एक पक्षका लगानीकर्ताले बजार खोल्दा थप घट्ने र नकारात्मक प्रभाव बढ्ने भन्दै बन्द लम्ब्याउनुपर्ने बताएका छन् भने अर्काे पक्षले सम्पत्ति बन्धक बनेर बस्न नमिल्ने भन्दै तत्काल बजार खोल्नुपर्ने माग गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन विद्यमान कानुन नै पर्याप्त : सरोकारवाला
-
कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह
-
अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
-
प्राधिकरण केन्द्रित विद्युत् बजारलाई खुला र प्रतिस्पर्धात्मक बनाउँदै आयोग
-
बिजुलीमा लगाइएको भ्याट खारेज गर्न प्राधिकरणका कर्मचारी संगठनहरुको माग
-
अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध