नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
जलसरोकार
काठमाडौं : नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार उत्साहित देखिएको छ। परिसूचक नेप्से ३३.२७ अंकले बढेर २८६६ बिन्दुमा पुगेको हो।
कारोबारका क्रममा दिउँसो १:०७ बजे परिसूचक २८७९ बिन्दुसम्म पुगे पनि अन्त्यतिर केही घटेर २८६६ मा स्थिर भएको थियो। कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्दै १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी हो।
आजको बजारमा २२१ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन्। सबै समूहका सूचक हरियाली देखिएका छन्।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ १.३०, विकास बैंक १.५३, फाइनान्स १.२१, हाइड्रोपावर २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.३९, अन्य ०.१० तथा व्यापार समूह २.३३ प्रतिशतले बढेका छन्।
आज सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
त्यसैगरी सोलु हाइड्रोपावर ८.६३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ५.५३ प्रतिशत र ओरियन्टल होटल ५.१४ प्रतिशतले बढेका छन्।
यता रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशतले घटेको छ भने उपकार लघुवित्तको ४.४४ प्रतिशतले गिरावट आएको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर अग्रस्थानमा रहेका छन्।
नयाँ वर्षको पहिलो कारोबारमै बजारमा देखिएको उत्साहले आगामी दिनमा पनि लगानीकर्ताको मनोबल सकारात्मक रहने संकेत देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?