सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चाबहिल सबस्टेसनको मर्मतसम्भारका लागि तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने

जलसरोकार
मंगलबार, कात्तिक १८, २०८३ | ०७:५२:३५ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान तीन घण्टा विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

यसबाट चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत सबस्टेसनबाट विद्युत् वितरण हुने आसपासका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।

प्राधिकरणले निर्धारित समयअघि नै मर्मतसम्भार कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने जनाएको छ।

मर्मतसम्भारका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित मिति : मंगलबार, कात्तिक १८, २०८३ | ०७:५२:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया