पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग


काठमाडौं : पाकिस्तान दूतावास, काठमाडौं र नेपाल-पाकिस्तान युवा परिषद् (NPYC) ले संयुक्त रुपमा कोशी प्रदेशको इलाम जिल्लास्थित माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका बाढीपीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेका छन्।
सन् २०२५ अक्टोबर १७ मा आयोजित कार्यक्रममा नेपालस्थित पाकिस्तानका राजदूत अब्रार एच. हाश्मी, प्रथम सचिव मुहम्मद हारुन रसिद र नेपाल-पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइँटेल सहभागी थिए। उनीहरूले इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका-स्थित गजुरमुखी धाममा बाढीपीडित परिवारहरूलाई राहत सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइराला, माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष तथा स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
राजदूत हाश्मीले बाढीपीडित परिवारप्रति संवेदना र ऐक्यताको अभिव्यक्ति गर्दै पाकिस्तानका जनताबाट शुभेच्छा र मायास्वरूप राहत सामग्री हस्तान्तरण गरेका थिए। उनले दुवै देशका जनताबीचको मित्रता, सहकार्य र आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। साथै उनले विपद्का बेला जनताको साहस र तीनै तहका सरकारका प्रयासको प्रशंसा गरे।
उक्त अवसरमा राजदूत हाश्मीले विशेष घोषणा गर्दै इलामका बाढीपीडित विद्यार्थीहरूका लागि पाकिस्तान सरकारको PTAP कार्यक्रमअन्तर्गत MBBS, BDS र B. Pharmacy अध्ययनका लागि चारवटा छात्रवृत्ति र उच्च माध्यमिक तहका लागि ५० वटा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे, जसको व्यवस्थापन नेपाल-पाकिस्तान युवा परिषद्मार्फत गरिनेछ।
यसअघि राजदूत हाश्मीले विराटनगरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रीवती भण्डारीसँग भेट गरी हालैको बाढीबाट प्रभावित जनताप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट समवेदना प्रकट गरेका थिए। उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य बाढीपीडित समुदायसँग प्रत्यक्ष भेटघाट गरी सहानुभूति प्रकट गर्नु रहेको बताए।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग
-
तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, हेर्नुहोस् आजको मुल्य कति ?
-
कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइए
-
आर्थिक वर्षको पहिलो त्रैमासमा मेची भन्सारको उल्लेखनीय राजस्व वृद्धि
-
तिहारमा देशभर लोडसेडिङ हुदैन, ढुक्कसँग बत्ती बालेर उज्यालोको पर्व मनाउनुहोस् : प्राधिकरण
-
साता कारोबारको पहिलो दिन सयर बजार बढ्यो