हिमालयन हाइड्रो एक्स्पोकाे शर्ट भिडियो बनाएर ४४ हजार जित्ने अवसर


काठमाडौं – 'समृद्धिका लागि हरित ऊर्जा' भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा 'समृद्धिका लागि हरित ऊर्जा' भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री/सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने 'जलविद्युत उत्पादन र सेवा प्रतियोगिता' आयोजना गर्न लागिएको हो ।
नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्व दर्शाउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । हरेक प्रतिस्पर्धाका विजेताले ४४/४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
शर्ट भिडियो बनाउँदा ९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्व दर्शाउनुपर्ने छ । उक्त भिडियो आयोजक संस्था इप्पानको वेबसाइट, इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेबसाइट, हिमालयन हाइड्रो एक्स्पोको वेबसाइट तथा अफिसियल सामाजिक सञ्जालहरु फेसबुक (Independent Power Producers' Association, Nepal (IPPAN)), इन्स्टाग्राम, युट्युब, लिङ्कडिन (Independent Power Producers' Association, Nepal (IPPAN)) लगायतमा पोस्ट गरिने इप्पानले जनाएको छ ।
सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र द्वितीय पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रथम पुरस्कार ४४ हजार र द्वितीय पुरस्कार २२ हजार रुपैयाँ रहेको । आफूले बनाएको भिडियो चैत्र २७ सम्म पठाइसक्नुपर्ने इप्पानले जनाएको छ । प्राप्त भिडियोमा वैशाख ११ सम्म आएका लाइक र कमेन्टलाई आधार मानेर पुरस्कार दिइने इप्पानले जानकारी दिएको छ । यस्तै जलविद्युत् क्षेत्रसँग सम्बन्धित आइडिया हिमालय हाइड्रो एक्स्पोमा देखाउनुपर्नेछ । उक्त एक्स्पोमा सहभागीताका लागि ५ जनाको समूहका लागि ३ दिनको लञ्च कुपनसहित २५ सय शुल्क रहेको र विजेता हुने प्रथम ४४ हजार, द्वितीयलाई २२ हजार र तृतीयको लागि ११ हजार पुरस्कारको व्यवस्था गरिएको इप्पानले जनाएको छ ।
एक्स्पोको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभाववारे सर्वसाधारणलाइ जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ अवधारणाहरुको वारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताए ।
३ दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन् । ५० हजारभन्दा धेरै अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
-
एमसीसीले पायो निरन्तरता
-
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार : अर्थमन्त्री पौडेल
-
उठेको राजस्व कर्मचारीका तलब भत्ता र सावाँ-ब्याज तिर्दैमा ठिक्क
-
नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
-
विकास हाइड्रोपावरको आईपीओको लागि आवेदन खुल्यो