१६ मेगावाटको माछा खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढ्याे
जलसरोकार
काठमाडौं । वाटर इनर्जी डेभलपमेन्ट प्रा.लिले १६ मेगावाटको माछा खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
गोरर्खाको धार्चे गाउँपालिको वडा नम्बर ३, ५ र ७ भई बग्ने माछा खोलामा पहिचान भएको आयोजनाको काम अघि बढाउन लागेको कम्पनीले जनाएको छ । यसकालागि कम्पनीले विद्युत् विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृति प्राप्त भए लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।
नदी प्रवाहमा आधारित आयोजनाको डिजाइन वहाव ३.४ घनमिटर प्रति सेकेन्ड र कूल हेड ५६२.५० मिटर हुने अध्ययनले देखाएको छ । प्रस्तावित आयोजनाको मूख्य संरचनाहरु माछा खोलाकोे बायाँ किनारामा पर्दछन् । माछा खोलामा बाँध बाधी खोलाको बायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काई सो पानीलाई आयोजनाको मूख्य संरचनाहरू हुँदै विद्युत् गृहमा लगिनेछ ।
विद्युत गृहमा २ वटा ८२५० किलोवाट क्षमताको होरिजेन्टल एक्सिस पेल्टोन टर्वाइनहरूमा पानी खासली सो टवाईनसँग जोडिएको २ वटा ११ केभीको ३ फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ९८.९५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
ऊत्पादित विद्युत १३२ केभीको प्रसारण लाइन मार्फत २२ किलोमिटरको दूरीमा नेपाल विद्युत् प्राधिकरणको बोराङ्ग (झर्लाङग्) सबस्टेसनमा जोडिनेछ । प्रस्तावित आयोजनाको काम २०८४ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी–पहिरो, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।
प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालाले कम्पनीको कार्यलय वा विभागमा आइपुग्ने गरी लिखित राय/सुझाव पेश गर्न आग्रश गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना