काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरि प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् आपूर्ति कटाैती गरेको छ ।
शुक्रबार विद्युत् उपभोग गरि प्रिमियमसहितको महसुल नर्तिने बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको हाे ।
यसैगरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ ।
गत बिहिबार नेपाल बिद्युत प्राधिकरणाले पत्रकार सम्मेलन माफर्त उद्योगीलाइ समस्याकाे समाधान वार्ताबाट हुने भन्दै नियमानुसार भुक्तानीका लागि अनुराेध गरेकाे छ ।
गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ उद्योगको सँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरूको लाइन काटिएको छ ।गत बिहिबार नेपाल बिद्युत प्राधिकरणाले पत्रकार सम्मेलन माफर्त उद्योगीलाइ समस्याकाे समाधान वार्ताबाट हुने भन्दै नियमानुसार भुक्तानीका लागि अनुराेध गरेकाे छ । नत्र विद्युत् उपभोग गरि प्रिमियमसहितको महसुल नर्तिर्ने उद्योगहरूकाे लाइर्न काट्दै जाने स्पष्ट पारेकाे छ ।
साताको दोस्रो दिन पनि घट्यो सेयर बजार
खिम्तीको घाटा १७५.३९ प्रतिशतले बढ्यो, घाटा रकम ११ करोड ३९ लाख रुपैयाँ
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
कुलमानले बुझाए ऊर्जा मन्त्रालयलाई आफ्नो स्पष्टीकरण
घट्यो सेयर बजार, नेप्से परिसूचक २५.४१ अङ्कले घटेर २ हजार ६७ बिन्दुमा कायम
जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर श्रेष्ठविरुद्ध पौने ५ करोड भ्रष्टाचार अभियोगमा मुद्दा दायर