विद्युत् उपभोग गरि महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् कटाैती
गत बिहिबार नेपाल बिद्युत प्राधिकरणले पत्रकार सम्मेलन माफर्त उद्योगीलाइ समस्याकाे समाधान वार्ताबाट हुने भन्दै नियमानुसार भुक्तानीका लागि अनुराेध गरेकाे छ ।
जलसरोकार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरि प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् आपूर्ति कटाैती गरेको छ ।
शुक्रबार विद्युत् उपभोग गरि प्रिमियमसहितको महसुल नर्तिने बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको हाे ।
यसैगरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ ।
गत बिहिबार नेपाल बिद्युत प्राधिकरणाले पत्रकार सम्मेलन माफर्त उद्योगीलाइ समस्याकाे समाधान वार्ताबाट हुने भन्दै नियमानुसार भुक्तानीका लागि अनुराेध गरेकाे छ ।
गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ उद्योगको सँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरूको लाइन काटिएको छ ।गत बिहिबार नेपाल बिद्युत प्राधिकरणाले पत्रकार सम्मेलन माफर्त उद्योगीलाइ समस्याकाे समाधान वार्ताबाट हुने भन्दै नियमानुसार भुक्तानीका लागि अनुराेध गरेकाे छ । नत्र विद्युत् उपभोग गरि प्रिमियमसहितको महसुल नर्तिर्ने उद्योगहरूकाे लाइर्न काट्दै जाने स्पष्ट पारेकाे छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?