मोदी–कुश्मा १३२ केभी प्रसारण लाइन तथा १३२ केभीकै ‘बे एक्सपान्सन’ आयोजना निर्माणकाे जिम्मा कस्मिक इलेक्ट्रिकल लिमिटेडलाइ
गुणस्तरीय विद्युत् प्रवाह गर्ने प्राधिकरणको लक्ष्यमा यो आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने ।
जलसरोकार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाबाट छनोट भएको कस्मिक इलेक्ट्रिकल लिमिटेडलाइ मोदी–कुश्मा १३२ केभी प्रसारण लाइन तथा १३२ केभीकै ‘बे एक्सपान्सन’ आयोजनाको निर्माणकाे जिम्मा दिएको छ ।
प्राधिकरणको सहजीकरणमा लागत र समयभित्रै यो प्रसारण लाइन तथा एक्स्टेन्सन आयोजनाको निर्माण पूरा गर्ने कम्पनीले जनाएकाे छ । ‘हाम्रो कम्पनीले प्रसारण लाइन निर्माणमा एकपछि अर्को सफल काम गर्दै आएको छ । हामीसँग सफलतापूर्ण हिसाबले आयोजना पूरा गरी हस्तान्तरण गरेको अनुभव छ, यो आयोजना पनि हाम्रो प्रतिष्ठालाई बिग्रिन नदिई समयमै पूरा गर्ने प्रतिबद्धता गर्छौँ ।’
सर्वसाधारणलाई गुणस्तरीय विद्युत् प्रवाह गर्ने प्राधिकरणको लक्ष्यमा यो आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने । आयोजना प्रमुख अग्रवालले आवश्यक सहजीकरण गरी समय भित्रै निर्माण पूरा गर्न पहल गर्नेमा कम्पनी विश्वस्त रहेको पनि कस्मिक इलेक्ट्रिकल लिमिटेडले जनाएकाे छ । जसमा, स्थानीयवासी तथा अन्य सरोकारवाला पक्षको उतिकै सहयोग र समन्वयको खाँचो रहेको बताइएको छ ।
आयोजना निर्माणपछि त्यस क्षेत्रमा दिगो, भरपर्दो र नियमित विद्युत् आपूर्ति हुने अपेक्षा गरिएको छ । साथै, समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत यसले विशेष भूमिका खेल्ने विश्वास गरिएको छ । जसको शुभारम्भ आयोजना प्रमुख रोशन अग्रवालको उपस्थितिमा भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने