तीन दिनपछि हरियो बन्यो नेप्से, कारोबार रकम घट्दा यूनियन हाइड्रोपावरमा उच्च दबाब
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । लगातार तीन कारोबार दिन ओरालो लागेको बजार यस दिन भने हरियो बनेको हो ।
शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३४ अंक, फ्लोट इण्डेक्स ०.०४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले वृद्धि भएको छ ।
बजार बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । बिहीबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस दिन ३३८ वटा स्टकको ४३ हजार ६७४ पटक कारोबार हुँदा ७९ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ का लगानीकर्ताले सर्वाधिक कमाइ गरेका छन् । उक्त डिबेञ्चरको मूल्य ७.७१ प्रतिशतले बढेको छ । त्यस्तै, मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यता, यूनियन हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । कम्पनीको शेयर १४.७९ प्रतिशतले घटेको हो । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि करिब ६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको ३० करोड ६६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको करिब ११ करोड ५० लाख रुपैयाँ तथा रिलायन्स स्पिनिङ मिल्सको साढे ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये शुक्रबार ७ उपसमूह हरियो देखिएका छन् भने ६ उपसमूहमा गिरावट आएको छ । बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहमा सामान्य वृद्धि भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य