माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
जलसरोकार
काठमाडौं : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको क्याम्पमा फसेका व्यक्तिका आफन्तले उद्धारको माग गर्दै काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका छन् ।
बाढी आएको पाँच दिन बितिसक्दा पनि आफन्तको उद्धार हुन नसकेको भन्दै उनीहरूले तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका हुन् । आफन्तहरूले कम्पनीको लापरबाहीका कारण उद्धारमा ढिलाइ भएको आरोप लगाउँदै आक्रोशसमेत व्यक्त गरेका छन् ।
अन्य जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धार भइरहे पनि माथिल्लो त्रिशूली–१ को क्याम्पमा रहेका व्यक्तिको उद्धार हुन नसकेको भन्दै उनीहरूले कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अहिले ड्रिलिङ गरी सुरुङभित्र अक्सिजन पठाउने प्रयास भइरहेको बताइएको छ । उद्धार टोलीले सुरुङको अवस्था पत्ता लगाउन विभिन्न उपकरण प्रयोग गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य