भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
जलसरोकार
काठमाडौं : रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धार प्रयास जारी रहेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको छ ।
सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि भदौ १२ गतेदेखि सुरक्षाफौजले निरन्तर प्रयास गरिरहेको सेनाले जनाएको छ । गएराति सो क्षेत्रमा वर्षा हुनुका साथै भोटेकोशी नदीमा बाढीको बहाव बढेपछि उद्धार कार्य केही समय रोकिएको थियो ।
बाढीको बहाव कम भएसँगै पुनः उद्धार कार्य सुरु गरिएको सेनाले जनाएको छ । उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना सुरक्षाकर्मी तथा प्राविधिक जनशक्ति संलग्न छन् ।
यसैबीच, भोटेकोशी बाढी प्रभावित जिल्लामा करिब आठ हजार ४०० भन्दा बढी सुरक्षाफौज परिचालन गरी समन्वयात्मक रूपमा उद्धार तथा राहतको काम भइरहेको सेनाले जनाएको छ ।
सेनाका अनुसार आज बिहान ११ बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी इलाकाबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य