माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
जलसरोकार
काठमाडौं : बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी तथा उद्धारका लागि माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प तथा कार्यालय साइटमा टोली पुगेको छ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द ढुंगेलका अनुसार उनीसहित कम्पनीका ३ जना र नेपाली सेनाका १६ जना गरी १९ जनाको टोली आयोजनाको क्याम्प/कार्यालय साइटमा पुगेको छ।
ढुंगेलले दिएको जानकारीअनुसार टोली अहिले उत्खननको तयारीमा जुटेको छ। बाढीका कारण पुरिएको क्याम्प तथा कार्यालय क्षेत्रमा सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि उत्खनन गरिने तयारी भइरहेको हो।
यसअघि कम्पनीले बाढीका कारण आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको जनाएको थियो। कम्पनीका अनुसार सम्पर्कविहीनमध्ये ९१ जना सम्पर्कमा आएर सुरक्षित भइसकेका छन् भने २०१ जना अझै सम्पर्कमा नरहेको विवरण सार्वजनिक गरिएको थियो।
कम्पनी र सरोकारवाला निकायको निरन्तर प्रयासपछि आज कम्पनीका कर्मचारी तथा नेपाली सेनाको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको हो।
घटनास्थलमा टोली पुगेपछि अब पुरिएको क्याम्प तथा कार्यालय क्षेत्रमा उत्खनन गरी सम्पर्कविहीनहरूको खोजी गर्ने काम अघि बढ्ने भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य