नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
जलसरोकार
काठमाडौँ, : साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार करिब २४ अंकले बढेको बजारले आइतबार पनि वृद्धि कायम राखे पनि बढ्ने दर भने सामान्य रहेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.४१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले वृद्धि भएका छन्।
परिसूचक बढे पनि कारोबार रकम भने केही घटेको छ। गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर १ लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा कुल १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा पुगेको छ। सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट तहमा कारोबार भएको हो। त्यस्तै होटल फरेष्ट इनको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८१ करोड १ लाख २१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि रिडी पावर कम्पनीको करिब ६८ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको साढे ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८३ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?