नेप्से २२.२१ अंकले बढ्यो, कालिन्चोक हाइड्रोपावरमा सकारात्मक सर्किट
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार घटेको बजार आज भने हरियाली देखाउँदै बन्द भएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.७८ अंक, फ्लोट इण्डेक्स १.३६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले वृद्धि भएको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूह मात्र घटेको छ। सबैभन्दा धेरै वित्त उपसमूह ६.०३ प्रतिशतले उकालो लागेको छ।
त्यस्तै, ‘अन्य’ उपसमूह करिब ४ प्रतिशतले बढ्दा व्यापार तथा निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४६ कम्पनीका १ करोड १३ लाख ८५ हजार कित्ता शेयर ६१ हजार ५२७ पटक किनबेच हुँदा कुल ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कालिन्चोक हाइड्रोपावरमा सकारात्मक सर्किट
यस दिन कालिन्चोक हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर मूल्य ६४ रुपैयाँ ९० पैसा बढेर प्रतिकित्ता ४९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो।
त्यसैगरी सेन्ट्रल फाइनान्स लिमिटेड को शेयर मूल्य १३.५ प्रतिशतभन्दा बढी तथा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड को शेयर मूल्य १०.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेड को २६ करोड रुपैयाँभन्दा बढी तथा रिडी पावर कम्पनी लिमिटेड को २६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
बजारमा हरियाली फर्किएसँगै विशेषगरी वित्त तथा केही जलविद्युत् कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित