नेप्से १५ अंकले बढ्यो, कारोबार रकम पनि सामान्य वृद्धि
जलसरोकार
काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार सामान्य अंकले बढेको बजारले बुधबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ३.०२ अंक, फ्लोट इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१७ अंकले बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। मंगलबार २ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार ३५४ स्टकको ३९ हजार ६७३ पटकको कारोबारमा ७२ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ। यसबाट कुल कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ पुगेको छ।
उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो
बुधबार कारोबारमा आएका कम्पनीमध्ये उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ। त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यस दिन एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ।
सानिमा मिडिल तमोरको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको बुधबार १४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे १२ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
११ उपसमूह बढे
बुधबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेका छन्।
यस दिन जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशतले बढेको छ। कारोबारमा आएका म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा निर्णायक प्रगति : सात ठूला ढुंगा विस्फोट गरी हटाइयो, अब १६० मिटर बाँकी
-
ऊर्जा क्षेत्रका तीन निकायबाट उद्धार कोषमा २ करोड १२ लाख रुपैयाँ सहयोग
-
नेप्से १५ अंकले बढ्यो, कारोबार रकम पनि सामान्य वृद्धि
-
चिलिमेमा सम्पर्कविहीनका परिवारलाई ऊर्जा मन्त्रीको भरोसा : ‘अन्तिम सम्भावनासम्म खोजी गर्छौँ, आशा नमार्नुहोस्’
-
उद्धारमा ढिलाइप्रति प्राधिकरणका पाँच कर्मचारी संगठन आक्रोशित, ‘जिम्मेवारी छाडेर उद्धारमा उत्रिन्छौँ’
-
रसुवाका जलविद्युत् आयोजनाका टनेलमा उद्धार तीव्र, त्रिशूली–३ ‘ए’ को आउटलेट भेटियो